बारपाक सुलिकाेटमा माओवादी केन्द्रका भट्ट र गुरुङ विजयी

गोरखा । बारपाक सुलिकाेट गाउँपालिकाको अध्यक्षमा विष्णु प्रसाद भट्ट निर्वाचित हुनु भएको छ ।शनिवारबाट सुरु भएको मतगणनामा उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार जित बहादुर घलेलाई हुनुहुन्थ्यो ।
नेकपा माओवादी केन्द्रका उम्मेदवार रहनुभएका भट्टले ५ हजार १९८ मतसाथ विजयी हुनु भएको हाे । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका घलेले ४ हजार २८४ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा माओवादी केन्द्रकी सनमाया गुरुङ दोस्रो पटक निर्वाचित हुनुभएको छ । उहाँ नेपाली काँग्रेसकी लेख माया रानासँग प्रतिस्पर्धी हुनुन्थ्यो । विजयी र प्रतिस्पर्धी उम्मेदवारहरूले गाउँपालिका प्राङ्गणमा एक आपसमा बधाई आदान प्रदान गरी सामूहिक तस्बिर खिचाउनुभएको छ ।







प्रतिक्रिया राख्नुहोस्