गोरखाको अजिरकोट गाउँपालिकामा माओवादी केन्द्र विजयी
गोरखा । अजिरकोट गाउँपालिकाको अध्यक्षमा दीपक देवकोटा निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार देवकोटा अध्यक्षमा ३ हजार ७८७ मतका साथ निर्वाचित भएका हुन् ।
उनी निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका गोविन्द गुरुङलाई ४९८ मतान्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । गुरुङले ३ हजार २८९ मत पाएका थिए ।
उपाध्यक्षमा पनि माओवादी केन्द्रकी उम्मेदवार अनिता भुजेल ३ हजार ५३२ मतका साथ निर्वाचित भएकी छिन् । उनी काँग्रेसका उम्मेदवार इन्द्रा गुरुङलाई १७१ मतान्तरले पराजित गर्दै उपाध्यक्षमा निर्वाचित भएकी हुन् । गुरुङले ३ हजार ३६१ मत ल्याएकी छिन् ।







प्रतिक्रिया राख्नुहोस्