तपाईँ सुन्दै हुनुहुन्छः

रोल्पामा २० माओवादी केन्द्र, पाँच कांग्रेस, चार एमाले र एक स्वतन्त्र विजयी

रोल्पा । रोल्पाका १० स्थानीय तहको ३० वटा वडाको अन्तिम मत परिणाम घोषणा गरिएको छ ।

अन्तिम मत परिणाम घोषणा भएका वडामध्ये २०मा नेकपा (माओवादी केन्द्र), पाँचमा नेपाली कांग्रेस, चारमा नेकपा एमाले र एक वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । ७२ वडा रहेको रोल्पामा २० वटा वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको हो । 

नेकपा माओवादी केन्द्र विजयी भएका वडाहरू
रोल्पा नगरपालिका–१ मा खुमबहादुर थापा वडा नं २ मा प्रकाश डाँगी, वडा नं ४ मा मित्रलाल गुरुङ र वडा नं ५ मा टोपबहादुर नेपाली वडा नंं ६ मा तुलबहादुर घर्ती मगर माओवादीबाट  विजयी हुनुभएको हो । 
 सुनिलस्मृति गाउँपालिका–१ मा गोवर्द्धन कँवर र वडा नंं ३ मा दुर्गाबहादुर विष्ट लुङ्ग्री गाउँपालिका–७ मा  हीराबहादुर पुन र वडा नं ६ मा जोखबहादुर बुढाथोकी वडा नंं ५ मा रिकबहादुर रोका विजयी हुनुभएको छ  । 

थवाङ गाउँपालिका–ं ५ मा गोवर्द्धन घर्ती मगर र वडा नंं ३ मा जनक बुढामगर वडा नंं २ मा अविलासा रोकामगर विजयी हुनुभएको छ । परिवर्तन गाउँपालिका वडा नंं १ मा मैते बुढामगर र  वडा नंं २ मा हरिप्रसाद घर्ती मगर विजयी हुनुभएको  छ । 

त्रिवेणी गाउँपालिका–१ मा देउराम घर्ती मगर, रुन्टीगढी गाउँपालिका–ं २ मा भिउलाल पुन, माडी गाउँपालिका– १ मा रोहित सिंह घर्ती मगर र वडा नंं २ मा ललित घर्ती मगर विजयी हुनुभएको छ । सुनछहरी गाउँपालिका–१ मा धर्मेन्द्र रोकामगर र वडा नं २ मा कृष्णबहादुर बुढामगर विजयी हुनुभएको छ । 

नेपाली कांग्रेस विजयी भएका वडा
नेपाली काङ्ग्रेसबाट गङ्गादेव गाउँपालिका– १, २ र ७ मा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । वडा नं १ मा अमृतबहादुर वली, वडा नं २ मा अमरबहादुर थापा, वडा नंं ७ मा प्रेमप्रकाश केसी विजयी हुनुभएको हो । रोल्पा नगरपालिका–३ मा राजकुमार पुरी र  रुन्टीगढी गाउँपालिका–१ मा थमबहादुर घर्ती मगर विजयी हुनुभएको छ । 

नेकपा एमाले विजयी भएका वडानेकपा एमालेबाट थवाङ गाउँपालिका– ४ हिकमत घर्ती मगर विजयी हुनुभएको  छ । यसैगरी त्रिवेणी गाउँपालिका– २ कविराज बुढामगर  र गङ्गादेव गाउँपालिका– ६ बाट वीरबहादुर वली र रुन्टीगढी गाउँपालिका–३ गणेश गिरी विजयी हुनुभएको  छ । 

स्वतन्त्र विजयी भएका वडा
रोल्पाको सुनिलस्मृति गाउँपालिकाबाट स्वतन्त्र उम्मेदवार नेत्रबहादुर गिरी विजयी हुनुभएको छ । गिरी २०७४ सालको स्थानीय तह निर्वाचनमासमेत स्वतन्त्र उम्मेदवारी दिई विजयी हुनुभएको  थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button