बुटवल २ मा नेकपा एसबाट शाक्य वडाध्यक्षमा विजयी

रुपन्देही । बुटवल उपमहानगरपालिका वडा नं २ मा नेकपा एसबाट वडाध्यक्षको उम्मेदवार बनेका सुनिल शाक्य विजयी भएका छन् ।
नेकपा एमालेको बलियो आधार क्षेत्र मानिएको यो वडामा एमालेका वडाध्यक्ष उम्मेदवार रमेश नेपाललाई ३८ मतले पराजित गर्दै शाक्य वडाध्यक्षमा विजयी भएका हुन् ।
एमालेबाट पराजित नेपाल निवर्तमान वडाध्यक्ष हुन् भने शाक्य निवर्तमान वडा सदस्य हुन् । वडाको अन्य ४ सदस्यमा भने एमालेबाट नै विजयी भएका छन् । वडा नं २ को मतगणना सकिँदासम्म नगर प्रमुख पदमा गठबन्धनका खेलराज पाण्डे फराकिलो मतले अगाडि छन् भने उपप्रमुखमा नेकपा एमालेका सावित्री अर्याल अगाडि रहेकी छन् ।







प्रतिक्रिया राख्नुहोस्