तपाईँ सुन्दै हुनुहुन्छः

काभ्रेमा मत गणना सुरु

काभ्रेपलाञ्चोक । काभ्रेमा स्थानीय तह निर्वाचन अन्तर्गत शनिवार बिहानदेखि मतगणना सुरु भइरहेको छ । 

जिल्लाको  १३ वटा स्थानीय तह मध्ये ९ वटा स्थानीय तहमा मग गणना भइरहेको हो । 

जिल्लाको धुलिखेल नगरपालिकामा वडा नं. १ मा १२ सय ८४ मत मतगणना हुँदा नगर प्रमुखमा काँग्रेसका बागी उम्मेदवारको ५७२, एमालेका उम्मेदवारको ४६७ मत, उपप्रमुखमा काँग्रेसको ५८७, एमालेको ४८२ मत र वडाध्यक्षमा काँग्रेसका उम्मेदवारको ५७३ र एमालेको उम्मेदवारको ४६७ मत रहेको छ । 

धुलिखेल नगरपालिका वडा नं. १ मा वडा अध्यक्षका नेपाली काँग्रेसका उम्मेदवार  सन्त बहादुर लामा १०६ मत अन्तरले विजयी हुनुभएको छ । भने वडा नं. २ को मतगणना सुरु भएको छ । 

त्यसैगरी, जिल्लाको बेथानचोक गाउँपालिकामा ७ सय मतको गणना भएको छ । हालसम्म उक्त पालिकामा पालिकाको अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवारले ३६३ मत, एमालेका उम्मेदवारले २९० मत, उपाध्यक्ष एमालेको २९५, माओवादी केन्द्रका उम्मेदवारले २९२ मत ल्याउनुभएको छ । 

यसैगरी, वडा नम्बर १ का वडा अध्यक्षमा एमालेकाले ३६५ र काँग्रेसका उम्मेदवारले ३१४ मत ल्याउनुभएको छ । 
बनेपा नगरपालिकामा वडा नं. १ मा विवादका कारण मतगणना स्थगित भएको छ । भने वडा नं. २ को मत गणनामा नगर प्रमुखमा एमालेका उम्मेदवारको ८६, काँग्रेसका उम्मेदवारको १२९ मत, उपप्रमुखमा एमालेको ९४, एकीकृत समाजवादीका उम्मेदवारको १२१ मत, वडा अध्यक्षमा एमालेको ८९ र काँग्रेसको १५० मत पाउनुभएको छ । 

भुम्लु गाउँपालिकाको वडा नम्बर १ को  मत गणना भएको छ । हालसम्म अध्यक्ष पदमा गठबन्धनका उम्मेदवारले २१७, एमालेका उम्मेदवारले १८९, उपाध्यक्षमा गठबन्धनका उम्मेदवारको २१७ र एमालेको उम्मेदवारले १३९ मत प्राप्त गर्नुभएको छ । वडा अध्यक्षमा माओवादीका उम्मेदवारको २६६ र एमालेका उम्मेदवारको १४१ मत छ ।

मण्डनदेउपुर नगरपालिकामा करिब ३५० मतगणना भएको छ । वडा नं. १ मा भएको मत गणनामा नगर प्रमुखमा एमालेका उम्मेदवारको १३८, एकीकृत समाजवादीका उम्मेदवारका १४५ मत, उपप्रमुखमा एमालेको १४५, नेपाली काँग्रेसका उम्मेदवारको १२८ मत, वडा अध्यक्षमा एमालेको १३७ र काँग्रेसको १०५ तथा एकिकृत समाजवादीको ५४ मत पाउनुभएको छ । 

खानीखोला गाउँपालिका वडा नं. १ मा  करिब १ सय मतगणना भएको छ । वडा नं. १ मा भएको मत गणनामा नगर प्रमुखमा एमालेका उम्मेदवारको ४२, माओवादीका उम्मेदवारका ५० मत, उपप्रमुखमा एमालेको ४५, नेपाली काँग्रेसका उम्मेदवारको ४३ मत, वडा अध्यक्षमा एमालेको ४९ र माओवादीको ४५मत पाउनुभएको छ । महाभारत गाउँपालिका वडा नं. १ मा करिब ९०४ मत गणनामा नगर प्रमुखमा एमालेका उम्मेदवारको ११७, माओवादीका उम्मेदवारका ६३२ मत, उपप्रमुखमा एमालेको ५७, नेपाली काँग्रेसका उम्मेदवारको २८९ मत, वडा अध्यक्षमा काँग्रेसका २७६ र माओवादीको ५५२ मत पाउनुभएको छ । 

काभ्रेका मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईले केही स्थानीय तहको मतगणना सुरु भएको जानकारी दिनुभयो । 

जिल्लाको पनौती नगरपालिका, नमोबुद्ध नगरपालिका, रोशी गाउँपालिकामा मतगणना सुरु भएको छ । भने  पाँचखाल नगरपालिकाको एक मतदान केन्द्रको निर्वाचन स्थगित भएको हुनाले पाँचखाल नगरपालिकाको भने मत गणना तत्काल हुने जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button