तपाईँ सुन्दै हुनुहुन्छः

परिचयपत्र बुझ्दै नयाँ मतदाता

जनकपुरधाम । भोलि हुने स्थानीय तह निर्वाचनका लागि धनुषाको विभिन्न मतदान केन्द्रहरूमा आज बिहानदेखि नै नयाँ मतदाताहरूका लागि परिचयपत्र वितरण गर्ने काम भइरहेको छ । 

बुधवार अबेरसम्म सर्वदलीय बैठक भएका कारणले आज बिहानदेखि मतदाता परिचयपत्र वितरण गर्ने गरिएको हो । 

जनकपुरधाम उपमहानगरपालिकाको विभिन्न मतदान केन्द्रमा मतदाता परिचयपत्र लिनेहरू बिहानदेखि नै आइरहेको छ । 

पहिलो पटक मतदान गर्न लागेकोमा नयाँ मतदाताहरूमा निक्कै उत्साह रहेको छ । नयाँ मतदाताहरू उत्साहित भएर आफै मतदाता परिचयपत्र लिनका लागि मतदान केन्द्रहरूमा आएका । यसमा राजनीतिक दलहरूले पनि सहजीकरण गरेको छ । 

धनुषा जिल्लाका अन्य पालिकाहरूमा पनि बिहानदेखि नै मतदाता परिचयपत्र वितरणको काम गरिरहेको छ । धनुषा जिल्लाको नेपाल भारतको सीमा नाकामा रहेको धनौजीको विभिन्न मतदान केन्द्रहरूमा पनि बिहानदेखि नै मतदाता परिचयपत्र वितरण भइरहेको छ । 

This image has an empty alt attribute; its file name is 1652331568992-1024x768.jpg

मतदाता परिचय पत्र लिनका लागि नयाँ मतदाताहरूमा निक्कै उत्साह रहेको धनौजी गाउँपालिकाको वडा नंं ३ झोझीकटैया गाविस भवन मतदान केन्द्र ख का मतदान अधिकृत शङ्करप्रसाद साहले जानकारी दिनुभयो । 

यसका साथै मतदाता परिचयपत्रमा भएको त्रुटि संशोधनका लागि फारम भरेकाहरूको पनि संशोधन सहितको नयाँ परिचयपत्र लिइरहेका छन् ।

यसैगरी जिल्लाका धनुषाका अन्य ५ सय ९६ मतदान केन्द्रहरूमा बिहानदेखि मतदाता परिचयपत्र वितरणको काम भइरहेको छ । 

धनुषामा नयाँ तथा पुरानो गरेर कूल मतदाताको सङ्ख्या ४ लाख ६७ हजार ३ सय ८८ रहेको छ । जसमध्ये पुरुष मतदाताको सङ्ख्या २ लाख ४८ हजार ८ सय ४०,  महिला मतदाता २ लाख १८ हजार ५ सय ४२ र ६ जना तेस्रो लिङ्गी मतदाता रहेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button