लुटपाट गर्न आएकाहरूलाई गोली प्रहार गर्न सुरक्षाकर्मीलाई श्रीलङ्काली सरकारकाे आदेश

काेलम्बाे । श्रीलङ्काको सरकारले आर्थिक सङ्कटलाई उचित रुपमा व्यवस्थापन गर्न नसकेको आरोप लगाउँदै भइरहेको प्रदर्शनको क्रममा लुटपाट व्यापक रुपमा बढेको त्यहाँका सञ्चार माध्यमहरूले जनाएका छन् ।
यसैबीच लुटपाट गर्न आएकाहरूलाई गोली प्रहार गर्न सुरक्षाकर्मीलाई श्रीलङ्काको सरकारले आदेश दिएको बिबिसीले जनाएको छ ।
प्रदर्शन भए यता देखिकै पहिलो पटक देशलाई सम्बोधन गर्नु हदै श्रीलङ्काका राष्ट्रपति गोटाभया राजपाक्षेले शान्ति र सुव्यवस्था पुरस्थापना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नयाँ प्रधानमन्त्री नियुक्त गर्न र राज्यका केही अधिकार सांसदलाई दिन तयार रहे पनि आफूले राजीनामा नदिने राष्ट्रपति राजपाक्षेले स्पष्ट गर्नु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्