आज १३ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । देशभर आज १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
३ हजार ६ सय ३४ नमूनाको परीक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज संक्रमित १७ जना सङ्क्रमणमुक्त भएका छन् भने संक्रमित कसैको मृत्यु नभएको मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै आज ८० हजार १ सय ४२ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्