तपाईँ सुन्दै हुनुहुन्छः

एमाले सधै विकासको पक्षमा : अध्यक्ष ओली

File Photo

दमक । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले सधैँ विकासको पक्षमा रहेको बताउनुभएको छ । आफ्नो निर्वाचन क्षेत्र झापा ५ को दमकमा आज आयोजित चुनावी सभालाई सम्बोधनका क्रममा देशको विकास नेकपा एमालेले मात्रै गरेको उहाँको दाबी थियो । 

अन्य दलहरू विकासमा पछि रहेको र आफ्नो पार्टी विकासको पक्षमा लागेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “जनताले विकास र समृद्धि गर्ने पार्टी एमालेलाई फेरि पनि मत दिए विकास अझै अघि बढ्नेछ ।” 

गठबन्धन स्वार्थका लागि भएको उहाँको भनाइ थियो । एमाले सबै किसिमका गठबन्धन र षडयन्त्रविरुद्ध लड्न सक्षम भएको उहाँको दाबी थियो । दमकको पशुहाटमा आयोजित  नगरस्तरीय आमसभालाई सम्बोधनका क्रममा उहाँले यहाँको पुल पुलेसा, बाटो घाटो लगायतका विकासमा एमालेको नेतृत्व रहेको बताउनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button