२७ गतेदेखि कैलालीमा मादक पदार्थको सेवन तथा बिक्री वितरणमा रोक
कैलाली । जिल्ला प्रशासन कार्यालय कैलालीले २७ गते रातिदेखि मादक पदार्थको सेवन तथा बिक्री वितरण गर्न नपाइने जनाएको छ ।
प्रशासनले एक सूचना जारी गर्दै निर्वाचनको मौन अवधिदेखि मत परिणाम घोषणा नहुन्जेल सम्मका लागि जिल्लाभर मादक पदार्थको सेवन र बिक्री वितरण गर्न निषेध गरिने उल्लेख गरेको छ ।
३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि २७ गते राती १२ बजेदेखि मतगणनाको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्री वितरण तथा सेवनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो ।
आदेशको उल्लङ्घन गरेको पाइएमा प्रचलित ऐन, कानून बमोजिम कारबाही गरिने सूचना अधिकारी जोशीले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्