आगलागीमा करिब तीन करोड बराबरको क्षति
भोजपुर । भोजपुरको षडानन्द नगरपालिका वडा नम्बर १४, बोयाको बिहीबारे बजारमा बिहीबार बेलुका लागेको आगलागीबाट करिब तीन करोड बराबरको क्षति भएको छ ।
आगलागीबाट अढाई वर्षकी रेश्मा तामाङको मृत्यु भएको थियो भने चार घर जलेर नष्ट भएको छ ।
बिहीबार बेलुका ७ः०० बजे स्थानीय खेममणी तामाङको ढुङ्गा माटोले बनेको टिनको छानो भएको दुई तले घरबाट सुरु भएको आगलागीबाट करिब दुई करोड ६० लाख २३ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
आगलागीमा परी मृतक बालिकाका बाबु खेममणी तामाङ र आमा मिना तामाङ समेत घाइते भएकाले उनीहरूलाई थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।
आगो स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा राती नियन्त्रणमा आएको थियो । आगलागीबाट खेममणी, र अर्जुन तामाङको दुई वटा घर र घरमा भएको किराना पसल तथा कपडा पसल समेत पूर्ण रुपमा जलेर नष्ट भएको छ ।
घटनाका विषयमा थप अनुसन्धान तथा कानुनी प्रक्रिया भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्