सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार

अछाम । अछामबाट एक सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।
जिल्लाको रामारोशन गाउँपालिका ४ बाटुलासैन छडेनाकी अम्बकला विकको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।
शुक्रवार (आज) बिहान बाटुलासैन स्वास्थ्य चौकीमा प्रसुतीका लागि ल्याइएकी विकले छोरीलाई जन्म दिए पश्चात रक्तश्रावका कारण स्वास्थ्यमा जटिलता आएको थियो ।

बच्चा जन्मिसकेपछि पनि उच्च रक्तस्राव हुँदा उहाँलाई प्रादेशिक अस्पताल सुर्खेत रेफर गरिएको महिला स्वास्थ्य स्वयंसेविका मनसरादेबी खत्रीले जानकारी दिनुभयो ।
स्थानीय जनप्रतिनिधि, जिल्ला प्रशाशन कार्यालय एवम् महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको समन्वयमा उद्धार गरिएको अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्