तपाईँ सुन्दै हुनुहुन्छः

सेवा प्रवाहलाई नतिजामुखी बनाउनुपर्नेमा सञ्चार मन्त्रीको जोड

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले  सेवा प्रवाहलाई नतिजामुखी बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

मन्त्रालयमा आज आयोजित आर्थिक वर्ष २०७८/०७९ को तेस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री कार्कीले जनता सन्तुष्ट हुने गरी नतिजामुखी काम गर्नुपर्नेमा जोड दिनुभयो ।

विगतको समीक्षामार्फत सेवा प्रवाहलाई प्रभावकारी र गुणस्तरीय बनाउनुपर्ने भन्नुहुँदै उहाँले जनमुखी योजनामा बजेटको सुनिश्चितताका लागि आफूले पहल गर्ने पनि बताउनुभयो ।

उहाँले  नेपाल टेलिकमको सेवाका सन्दर्भमा जनगुनासो बढेको भन्दै क्षमता अभिवृद्धि र गुणस्तरीयतामा ध्यान दिन  दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमलाई निर्देशन दिनुभयो ।

बैठकमा मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले यो आर्थिक वर्षमा डिजिटल हस्ताक्षर, नागरिक एपको क्षमता अभिवृद्धि र डिजिटल अर्काइभिङको काम सक्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button