पाल्पामा आगोमा जलेर एक वृद्धको मृत्यु
पाल्पा । पाल्पामा आगोमा जलेर एक वृद्धको मृत्यु भएको छ ।
गए राती करिब १२ः०० बजे तिर रैनादेबी छहरा गाउँपालिका–४ जौखरक बस्ने बर्ष ७९ का मन बहादुर सोमैको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोमैको माटो र खरबाट बनेको एक तले कच्चि घरमा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्