तपाईँ सुन्दै हुनुहुन्छः

 काँग्रेसले देशभर चुनाव जित्छ : महामन्त्री शर्मा

फाइल तस्बिर

ओखलढुङ्गा । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय निर्वाचनमा काँग्रेसले देशभर बहुमत ल्याउने बताउनुभएको छ । 

ओखलढुङ्गाको लिखु गाउँपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुँदै महामन्त्री शर्माले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा काँग्रेसका कुनै उम्मेदवार पराजित नहुने बताउनुभएको हो । 

देशभरको जनलहर नेपाली काँग्रेसका पक्षमा रहेको दाबी गर्नुहुँदै महामन्त्री शर्माले पार्टी एकताबद्ध हुनु र गठबन्धन गरिनुले काँग्रेसका उम्मेदवार सबै विजयी हुने आधार प्रस्तुत गर्नुभयो । 

“यो चुनावमा काँग्रेसका सबै उम्मेदवारले चुनाव जित्दै छन् । त्यसको आधार भनेको कमजोर ठाउँमा गठबन्धनका बल पुगेको छ । बलियो ठाउँमा कांग्रेस एकताबद्ध छ ।” उहाँले भन्नुभयो।  

देशभरका ७ सय ५३ स्थानीय तहमध्ये ६सय ३४ मा काँग्रेसले प्रमुख पदमा उम्मेदवार उठाएको उहाँले बताउनुभयो । बाँकी १ सय १९ ठाउँ गठबन्धनका अन्य दललाई दिएर देशभर काँग्रेसले उनीहरूको साथ लिएको शर्माको भनाई थियो ।  उहाँले तीन वटै तहका सरकार कांग्रेस नेतृत्वमा बन्ने बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरु रामहरि खतिवडा र प्रदीप सुनुवार लगायतले सम्बोधन गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button