तपाईँ सुन्दै हुनुहुन्छः

पाँच स्वतन्त्र उम्मेदवारले गरे काँग्रेसलाई समर्थन

वीरेन्द्रनगर । सुर्खेतको भेरीगङ्गा नगरपालिकामा पाँच जना स्वतन्त्र उम्मेदवारले कांग्रेस पार्टीका उम्मेदवारलाई समर्थन गर्ने भएका छन् । 

उनीहरूले आज एक प्रेस विज्ञप्ति जारी गर्दै काँग्रेसका उम्मेदवारलाई समर्थन गर्ने जनाएका हुन् ।

स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत सुर्खेतको भेरीगङ्गा नगरपालिकामा पाँच स्वतन्त्र उम्मेदवारले नेपाली काँग्रेसका आधिकारिक उम्मेदवारलाई समर्थन गरेका हुन् । 

भेरीगङ्गा नगरपालिकाको प्रमुख पदमा स्वतन्त्रतर्फबाट उम्मेदवारी दिनुभएका मानबहादुर बुढा मगरले बिहीबार विज्ञप्ति जारी गर्दै आफूले काँग्रेसका आधिकारिक उम्मेदवारलाई समर्थन गर्ने बताउनुभएको छ । 

त्यस्तै काँग्रेसका उम्मेदवारलाई समर्थन गर्दै भेरीगङ्गा नगरपालिका–५ का वडाध्यक्ष पदका उम्मेदवार ढालबहादुर बराल, महिला सदस्य पदका उम्मेदवार कमला पुन मगर, सदस्य पदका उम्मेदवार मनबहादुर पुनमगर र टोपबहादुर आलेले विज्ञप्ति जारी गरेका छन् । 

आयोगले तोकेको समयमा आफ्नो उम्मेदवारी फिर्ता नभए पनि काँग्रेसका उम्मेदवारलाई आफ्नो समर्थन रहेको उनीहरूले विज्ञप्तिमा उल्लेख गरेका छन् ।रासस 

प्रतिक्रिया राख्नुहोस्

Back to top button