थप १७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । देशभर आज थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
३ हजार ८ सय ११ नमुनाको परीक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
आज १५ संक्रमित सङ्क्रमणमुक्त भएका छन् भने संक्रमित कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।
आज ९२ हजार ८८ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ ।








प्रतिक्रिया राख्नुहोस्