तपाईँ सुन्दै हुनुहुन्छः

नेपालीको वार्षिक प्रतिव्यक्ति आय १३७२ अमेरिकन डलर

काठमाडौँ । नेपालीको वार्षिक प्रतिव्यक्ति आम्दानी बढेर १३७२ अमेरिकन डलर पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको अर्थतन्त्रको विवरणमा प्रतिव्यक्ति आय बढेको देखिएको हो ।

गत आर्थिक वर्षमा नेपालीहरूको प्रतिव्यक्ति आम्दानी ११९१ डलर रहेको थियो । सो अवधिको तुलनामा नेपालीको आम्दानी १८१ अमेरिकी डलर बढेर १३७२ डलर अर्थात् एक लाख ६४ हजार ५९८ रुपैयाँ पुगेको विभागको लेखा तथ्याङ्कले देखाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button