तपाईँ सुन्दै हुनुहुन्छः

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

सप्तरी । सप्तरीमा हुलाकी राजमार्ग राजगढ गाउँपालिका–५ स्थित मलेकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एकै गाउँका तीन जनाको मृत्यु भएको छ।

file photo

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र १–०२४१ प २२९६ नम्बरको मोटरसाइकल र सोही दिशाबाट जाँदै गरेको प्र १–०२०४१ प ९५२४ नम्बरको मोटरसाइकल ओभरटेक गर्ने क्रममा तीव्र गतिका कारण एक आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

दुर्घटनामा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–३ का ३० वर्षीय पप्पु यादव, सोही ठाउँका २६ वर्षीय सन्दीप कुमार यादव र २८ वर्षीय बुच्चु भन्ने रञ्जित कुमार यादवको मृत्यु भएको हो ।

दुर्घटनामा तीन युवाको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button