आज १० जनामा कोरोना संक्रमण

काठमाडौँ । आज देशभर १० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
४ हजार ६ सय ९१ नमुना परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको हो ।
आज ३४ संक्रमित निको भएका छन् भने संक्रमित कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।
यस्तै आज १९ हजार ५ सय २५ जनाले कोरोना विरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्