जयपृथ्वीमा एमालेबाट मेयरका लागि तीन जना सिफारिस, गठबन्धनको बैठकै बस्न सकेन

बझाङ । नेकपा एमालेले बझाङको जयपृथ्वी नगरपालिकाको मेयरका लागि तीन जनाको नाम सिफारिस गरेको छ ।
एमाले नगर कमिटीले अहिलेकी उपप्रमुख जुना जाग्री, जयपृथ्वी नगरपालिका ७ का वडाअध्यक्ष हरिचन्द्र जोशी, २०७४ सालमा मेयरका दाबेदार तथा आकाङ्क्षी, हाल नेकपा एमाले जिल्ला कमिटी सह–सहसचिव सुरत बहादुर सिंहको नाम प्रदेश कार्यसमितिमा सिफारिस गरेको हो । उता सत्ता गठबन्धन दलको भने अहिलेसम्म बैठकसमेत बस्न सकेको छैन । २०७४ सालको स्थानीय चुनावमा एमालेले यो पालिकामा ८० मतले प्रमुख जितेको थियो । ११ वडा रहेको जयपृथ्वीमा एमालेले एक्लैले ५ वडामा जित हाशिल गरेको थियो ।
गठबन्धन हुँदा यहाँ नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रले ३–३ वडा मागेका छन् । काँग्रेसले आफूले २०७४ सालमा जितेका साबिककै वडासहित थप २ वडा आफूले पाउनु पर्ने माग राखिरहेको छ ।







प्रतिक्रिया राख्नुहोस्