ऐरी टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटको अलराउन्डर वरीयतामा दशभित्र
काठमाडौँ । नेपाली अलराउन्डर दीपेन्द्र सिंह ऐरी टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटको अलराउन्डर वरीयतामा शीर्ष दशभित्र पर्न सफल भएका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सार्वजनिक गरेको टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटको अलराउन्डरको वरीयतामा दीपेन्द्रले शीर्ष दशमा स्थान पाएका हुन् । दीपेन्द्रले गत महिना घरेलु मैदानमा भएको त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा उत्कृष्ट अलराउन्ड प्रदर्शन गर्दै म्यान अफ द सिरिज घोषित भएका थिए ।
यस्तै दीपेन्द्र टी–ट्वान्टी ब्याटिङ वरीयतामा ३८ औँ स्थानमा रहेका छन् । ब्याटिङ वरीयतामा दीपेन्द्र भन्दाअघि ओपनर कुशल भुर्तेल ३६ औँ स्थानमा रहेका छन् । आसिफ शेख ९९ औँ स्थानमा छन् । बलिङ वरीयतामा नेपालका सन्दीप लामिछाने ३८ औँ र अविनाश बोहरा ८६ औँ स्थानमा रहेका छन् ।







प्रतिक्रिया राख्नुहोस्