तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्री आलेद्वारा हिमाल आरोही लामालाई बिदाइ

काठमाडौँ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कञ्चनजङ्घा हिमाल आरोहण गर्न लाग्नुभएकी काभ्रे रोशी गाउँपालिका–१ भिमखोलीकी ३२ वर्षीया शर्मिला लामालाई बिदाइ गर्नुभएको छ ।

मन्त्रालयमा आयोजित कार्यक्रममा उहाँले आरोही लामालाई नेपालको राष्ट्रिय झन्डा हस्तान्तरण गर्दै सफलतापूर्वक आरोहण गरेर फर्कन शुभकामना दिनुभयो ।

विगत १६ वर्षदेखि हिमाल आरोहण गर्न सुरु गर्नुभएकी लामाले विश्वका १६ हजार मिटरभन्दा अग्ला १४ हिमाल आरोहण गर्ने लक्ष्य राख्नुभएको छ । ती चार हिमालको आरोहण गरिसकेको उहाँले जानकारी दिनुभयो । उहाँले यसअघि सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरिसक्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button