तपाईँ सुन्दै हुनुहुन्छः

जिप दुर्घटनामा चालकको मृत्यु

file photo

बझाङ । बझाङको छविसपाथिभेरा गाउँपालिका –१ भाँडेबजार स्थित किन्द्राल भीरमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

छविसपाथिभेरा गाउँपालिकाको बाहुन डाँडाबाट मोरीबगरतर्फ आउदै गरेको से १ ज ६७६ नम्बरको जिप भीरबाट ढुङ्गा खसेर जिपको माथि लागेपछि जिप ४ सय मिटर तल सेती नदीमा खसी डुबेपछि चालक छविसपाथिभेरा गाउँपालिका–३ बामनडाँडाका ५० वर्षीय जय बहादुर सार्कीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

मृतक चालकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सिमखेत ल्याउने तयारी भइरहेको र घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा डिएसपी ज्ञान बहादुर विष्टले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button