तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेसद्वारा स्थानीय तह निर्वाचन प्रवास समन्वय प्रचार–प्रसार उपसमिति गठन

काठमाडौँ । नेपाली काँग्रेसले स्थानीय तह निर्वाचन प्रवास समन्वय प्रचार–प्रसार उपसमिति गठन गरेको छ ।

congress-flag

काँग्रेस स्थानीय तह निर्वाचन प्रचार–प्रसार समितिका संयोजक डा. प्रकाश शरण महतको सभापतित्वमा यही चैत २२ गते बसेको समितिको बैठकले गोरख (आनन्द) विष्टको संयोजकत्वमा काँग्रेस स्थानीय तह निर्वाचन प्रवास समन्वय प्रचार–प्रसार उपसमिति गठन गरेको हो ।

आगामी वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनमा प्रवासमा रहेका नेपालीहरू मार्फत प्रचार–प्रसार अभियानलाई व्यापक पार्न काँग्रेसका पूर्वकेन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति विष्टको संयोजकत्वमा काँग्रेस स्थानीय तह निर्वाचन प्रवास समन्वय प्रचार–प्रसार उपसमिति गठन गरिएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button