तपाईँ सुन्दै हुनुहुन्छः

सभामुख सापकोटा र चिनियाँ जनसंसद्का सभामुखबिच छलफल

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटा र चिनियाँ जनसंसद्को स्थायी समितिका अध्यक्ष (सभामुख) ली झान्सुबीच छलफल भएको छ ।

परराष्ट्र मन्त्रालयले जनाएअनुसार आज उहाँहरूबिच श्रव्य दृश्यका माध्यमबाट छलफल भएको हो । नेपाल र चीनबिचको द्विपक्षीय सम्बन्धका बारेमा छलफल भएको हो ।

छलफलमा दुवै देशका सांसदहरूको नियमित भ्रमण आदानप्रदान एवं अनुभव साटासाट गर्नुपर्ने आवश्यकतामा जोड दिइएको थियो । सभामुख सापकोटाले चिनियाँ जनकङ्ग्रेसका अध्यक्ष लीलाई नेपाल भ्रमणको निमन्त्रणा दिनुभयो ।

चिनियाँ सभामुखले पनि सभामुख सापकोटालाई चीन भ्रमणका लागि आमन्त्रण गर्नुभएको थियो । छलफलमा सङ्घीय संसद् सचिवालयका अधिकारीसहित परराष्ट्र मन्त्रालयका प्रतिनिधिको सहभागिता थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button