सत्ता गठबन्धनले चुनावी तालमेलका लागि संयुक्त वक्तव्य जारी गर्ने

काठमाडौँ । सत्ता गठबन्धन दलका शीर्ष नेताहरूको बैठकले आसन्न स्थानीय तह निर्वाचन र चुनावी तालमेलका लागि संयुक्त वक्तव्य जारी गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले आगामी स्थानीय निर्वाचन सम्बन्धमा संयुक्त वक्तव्य आज वा भोलि जारी गर्ने निर्णय गरेको नेकपा एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठले जानकारी दिनुभयो ।
बैठकमा प्रधानमन्त्री एवम् नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, काँग्रेस नेता रामचन्द्र पौडेललगायत गठबन्धन दलका शीर्ष नेताहरूको सहभागिता थियो । (गोप )







प्रतिक्रिया राख्नुहोस्