कृष्णपुर नगरपालिका साक्षर नगरपालिका घोषित
कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकालाई साक्षर नगरपालिका घोषणा गरिएको छ।
नगरपालिकाका मेयर कर्णबहादुर हमालले एक कार्यक्रमबिच नगरपालिकालाई साक्षर नगर घोषणा गर्नुभएको हो ।

नगरपालिकामा १५ देखि ६० बर्ष उमेर समूहका ९६.१७ प्रतिशत नागरिक साक्षर भएपछि नगरलाई साक्षर घोषणा गरिएको नगरप्रमुख कर्णबहादुर हमालले जानकारी दिनुभयो ।
९५ प्रतिशत नागरिक साक्षर भएमा साक्षर नगर घोषणा गर्ने प्रावधान रहेको छ।







प्रतिक्रिया राख्नुहोस्