मुख्यमन्त्री पाण्डेद्वारा द्रुतमार्गको निरीक्षण
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे र आर्थिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनालले तराई काठमाडौँ जोड्ने द्रुतमार्गको निरीक्षण गर्नुभएको छ ।

मुख्यमन्त्रीको सचिवालयका अनुसार पाण्डेले द्रुतमार्गको कार्य प्रगतिबारे जानकारी लिन र समय सीमाभित्र उक्त मार्ग पूरा गराउनका लागि निरीक्षण गर्नुभएको हो ।
नेपाली सेनाले निर्माणको जिम्मा लिएको उक्त मार्गको निर्माण कार्य करिब १२ प्रतिशत सकिएको विवरण प्राप्त भएको मुख्यमन्त्री पाण्डेले जानकारी दिनुभयो ।
साथै उक्त मार्ग निर्माणमा बन्ने तीन वटा सुरुङ मार्गमध्ये मुख्यमन्त्री पाण्डेले दुई वटा सुरुङ मार्गको समेत निरीक्षण गर्नुभएको छ । राष्ट्रिय गौरवको आयोजनामा रहेको द्रुतमार्गले विकासको गति तीव्र बनाउने कारणले पनि समय सीमाभित्र निर्माण कार्य सक्नुपर्ने उहाँको भनाइ छ ।
नेपाली सेनाका प्राविधिक सेनानी रामसागर यादवले समय सीमाभित्रै द्रुतमार्ग निर्माण कार्य सकिने बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्