तपाईँ सुन्दै हुनुहुन्छः

लिखु तामाकोसी गाउँपालिका अध्यक्ष खड्कासहित २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

file photo

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछापको लिखु तामाकोसी गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्कासहित २७ जनाविरुद्ध भ्रष्टाचार सम्बन्धी आरोप पत्र दायर गरेको छ ।

आयोगले गाउँपालिका अध्यक्ष खड्का, तत्कालीन प्रशासकीय अधिकृतहरू राजु प्रसाद न्यौपाने, टङ्कप्रसाद चौलागाईंसहित २७ जनाविरुद्ध चार करोड २१ लाख भन्दा बढी रुपियाँ बिगो माग दाबीसहित विशेष अदालत काठमाडौँमा आज आरोप पत्र दायर गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।

गाउँपालिका–४ बिजुलीकोट, वडा नम्बर ५ नागदह र वडा नम्बर १ दुरागाउँमा विद्युतीकरण गर्न उपकरण किन्दा खरिद समिति नबनाई आफू अनुकूल उपभोक्ता समिति गठन गरेर आर्थिक वर्ष २०७४/०७५ र ०७५÷०७६ मा अनियमितता गरेको अख्तियारको आरोप पत्रमा उल्लेख छ । 

खरिद गर्दा चार करोड २१ लाख ७०६ रुपियाँ अनियमितता भएको अख्तियारको अनुसन्धानबाट खुलेको प्रवक्ता भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button