ट्रकसहित भन्सार छलीको १ करोड २० लाख मूल्य बराबरको सामान बरामद

बीरगंज । १ करोड २० लाख मूल्य बराबरको भन्सार छली भारतबाट भित्र्याइएको हार्डवेयर तथा विभिन्न किसिमका लत्ताकपडाहरू लोड गरिएको ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रज्ञापन पत्र विनाको हार्डवेयर तथा विभिन्न किसिमका लत्ताकपडाहरू लोड गरी बीरगंजबाट काठमाडौँतर्फ जाँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको गस्ती टोलीले गए राति साढे ११ बजे वीरगञ्जको घण्टाघरस्थित सडक खण्डबाट ना६ख ६०३ नम्बरको मालवाहक ट्रक रोकी चेकजाँच गर्ने क्रममा भन्सार छली भित्र्याइएको हार्डवेयर तथा लत्ताकपडाहरू फेला परेपछि ट्रकलाई थप कारबाहीका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं डिएसपी ओम प्रकाश खनालले बताउनुभयो ।
नियन्त्रणमा लिएको ट्रकसहित भारतीय लत्ताकपडा, हाडवेयरका सामग्रीको १ करोड २० लाख मूल्याङ्कन गरी थप कारबाहीका लागि आज राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रवक्ता खनालले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्