तपाईँ सुन्दै हुनुहुन्छः

पोखरा फेवातालको मापदण्ड ३० मिटर कायम 

पोखरा । पोखरा फेवातालको मापदण्ड ३० मिटर कायम गरिएको छ ।  

पोखरा महानगरपालिकाको कार्यपालिकाको बैठकले ६५ मिटर रहेको फेवातालको मापदण्ड घटाएर ३० मिटर कायम गरेर टुङ्ग्याएको हो । 

महानगरपालिकाकाले सर्वोच्च अदालतको आदेश र फेवाताल सिमाङ्कन तथा नक्साङ्कन समितिको निर्देशनसहित अन्य अध्ययन प्रतिवेदनलाई आधार मान्दै फेवातालको मापदण्ड ३० मिटर तोकेको महानगरले जनाएको छ  । 

फेवातालको मापदण्ड लामो समयदेखि यकिन हुन नसक्दा अन्यौलता भएको थियो । ५.७२६ वर्ग किमी फेवातालको क्षेत्रफल कायम गरिएको प्रतिवेदनमा १ हजार ४ सय ७९ रोपनी फेवातालबाट अतिक्रमण भएको उल्लेख गरिएको छ । 

फेवातालको जग्गामध्ये ८ हजार ७ सय रोपनी पानीले ढाकिएको र २५ सय रोपनीभन्दा बढी क्षेत्रफल व्यक्ति तथा सरकारका नाममा र दर्ता छुटेको गरी फेवातालको कायम गर्नुपर्ने प्रतिवेदनमा उल्लेख थियो ।

महानगर कार्यपालिकाको बैठकले फेवातालसँगै बेगनास र रुपा तालको मापदण्ड ५५ मिटर कायम गर्ने निर्णय पनि गरेको गरेको छ । 

त्यस्तै  दीपाङ, खास्टे, गुदे, न्यूरिनी, मैदीको मापदण्ड २० मिटर कायम गरिएको छ । 

पोखराका तालहरूको मापदण्ड तोक्न कार्यदल गठन गरिएको थियो भने तालको अध्ययन प्रतिवेदन पनि बनाइएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button