तपाईँ सुन्दै हुनुहुन्छः

उम्मेदवारमा महिलाको चर्चा किन हुँदैन ? 

सल्यान । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा सल्यानका चोक, पसल तथा गाउँ घरमा सम्भावित उम्मेदवारको नामका बारेमा चर्चा परिचर्चा हुन थालेको छ । 

राजनीतिक दलहरूले उम्मेदवारको टुङ्गो भने अहिलेसम्म लगाउन सकेका छैनन् । दलहरूले अन्तिम उम्मेदवारको नामावली सार्वजनिक नगरे पनि स्थानीय तहहरूमा वडादेखि प्रमुखसम्मका नाम कार्यकर्ताहरूले ल्याउन थालेका छन् ।
सम्भावित उम्मेदवारका नामको सूचीमा महिलाको नाम निकै कम सुनिने गरेको छ । त्यसमा मुख्य पदका लागि झन् महिलाको नाम र चर्चाको विषय नै बन्न सकेको देखिँदैन । जिम्मेवारी पाएमा महिलाले पनि मुख्य पदमा रहेर काम गर्न सक्ने शारदा नगरपालिका उपमेयर सावित्री बस्नेतले बताउनुभयो । 

कुमाख गाउँपालिका अध्यक्ष दिलमाया बुढामगरले पुरुषको तुलनामा महिलाले काम गर्न कमजोर नभएको बताउनुभयो । स्थानीय तहमा महिलालाई जिम्मेवारी दिने हो भने राम्रो काम गर्न सकिँदो रहेछ भनेर आफूले पनि देखाउन सफल भएको उहाँले बताउनुभयो । 

नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति सचिव निमबहादुर केसीले महिलालाई समावेशी बनाएर पार्टीभित्र र समाजमा विकास गर्न सकिने नीति आफ्नो पार्टीले लिएको बताउनुभयो । 

पार्टीभित्र थुप्रै सक्षम महिलाहरू रहेको र ती महिलाहरूलाई राजनीतिक रुपमा समावेशी बनाएर स्थानीय तह र अन्य निर्वाचनमा सहभागी हुन आफ्नो दल खुल्ला रहेको उहाँको भनाई छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button