डडेलधुरामा कृषि गणनाका लागी ३८ जना गणक खटिने

डडेलधुरा । डडेलधुरामा सातौँ राष्ट्रिय कृषि गणना आगामी वैशाख ६ गतेदेखि सुरु हुने भएको छ ।
नेपालमा २०१८ सालदेखि प्रत्येक दश वर्षमा गरिने कृषि गणना यस पटक वैशाख ६ गतेदेखि १९ जेठसम्म ४५ दिन हुने जनाएको छ ।
‘कृषि गणनाको सार, कृषि योजनाको पूर्वाधार, कृषि योजना र विकासको मूल आधार, पारौँ कृषि गणना २०७८ साकार’ भन्ने मूल नारासहित कृषि गणना सुरु हुन लागेको कृषि गणना कार्यालय डडेलधुराका कृषि गणना अधिकृत चन्द्रबहादुर पालले बताउनुभयो ।
सातौँ राष्ट्रिय कृषि गणनाअन्तर्गत जिल्लामा रहेका ७ वटै स्थानीय तहमा १ सय १ क्षेत्रमा कृषि गणना गरिने पालले जानकारी दिनुभयो ।
जिल्लामा एक जना कृषि गणक अधिकृत, १० जना सुपरिवेक्षक, ३८ जना गणक खटिने समेत जानकारी दिनुभएको छ ।







प्रतिक्रिया राख्नुहोस्