तपाईँ सुन्दै हुनुहुन्छः

आगामी निर्वाचन लागि गठबन्धन आवश्यक : नेता कोइराला

विराटनगर । नेपाली कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले आगामी निर्वाचनमा गठबन्धन दल आवश्यक भएको बताउनुभएको छ ।

गिरिजाप्रसाद कोइराला फाउण्डेसन मोरङले विराटनगरमा आज बिहान गरेको पत्रकार सम्मेलनमा उहाँले गठबन्धन दलका कारण काँग्रेसले प्रधानमन्त्री पाएकाले स्थानीय तहको निर्वाचनमा पनि गठबन्धन दलसँगै जानुपर्न बताउनुभयो । 

गठबन्धन दलको सहयोगमा सरकारको नेतृत्व पाएको काँग्रेसले निर्वाचनमा जाँदा सहयात्री दलहरूलाई छोड्ने कुरा उपयुक्त नहुने उहाँले बताउनुभयो ।  गठबन्धनबीच एउटा मोडलिटी तयार गरेर निर्वाचनमा जाँदा पार्टीलाई फाइदा पुग्ने उहाँले बताउनुभयो ।

दुई चोटि संसद् विघटन गरेर एमाले प्रजातन्त्र मास्न खोजेकाले मुलुक र प्रजातन्त्रलाई जोगाउन पनि गठबन्धन आवश्यक रहेको उहाँले बताउनुभयो । 

आगामी निर्वाचनमा काँग्रेसको प्रतिस्पर्धा नेकपा एमालेसँग हुने भएकाले पार्टीलाई जिताउन नेपाली कांग्रेस एकताबद्ध भएर अघि बढ्नुपर्ने उहाँले बताउनुभयो ।  

कांग्रेस भित्रको गुट उपगुटले पार्टी कमजोर बन्दै गएको उहाँको भनाई थियो । स्थानीय तहको निर्वाचनमा कसरी जाने भन्ने विषयमा जिल्ला, क्षेत्र तथा वडासँग समन्वय गरी पार्टीले नयाँ निर्णय गर्ने भन्दै उहाँले पार्टीले गरेको निर्णयलाई सबैले मान्नुपर्ने उहाँले बताउनुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button