तपाईँ सुन्दै हुनुहुन्छः

टिपरको ठक्करबाट दुई बालिकाको मृत्यु

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित मेलम्ची चोकमा टिपरको ठक्करबाट दुई बालिकाको मृत्यु भएको छ ।

स्थानीय वर्ल्ड यूथ इन्टरनेसनल स्कुलमा अध्ययनरत रोहन घिसिङका छोरीहरू  ८ बर्षीया सृष्टि र  ४ वर्षीया श्रेयाको आज बिहान टिपरको ठक्करबाट मृत्यु भएको हो ।

घिसिङले दुवै छोरीलाई मोटरसाइकलमा राखेर स्कुल लैजाँदै गर्दा बा४ख ६९६५ नम्बरको टिपरले विपरीत दिशाबाट आइरहेको अर्को टिपरलाई साइड दिने क्रममा एक्कासि पछाडि हटाउँदा मोटरसाइकल किचिएर उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरी वृत्त बौद्धले जनाएको छ ।

सो घटनामा घिसिङ पनि गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइते घिसिङको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button