तपाईँ सुन्दै हुनुहुन्छः

पिकअप जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

बागलुङ । बागलुङको निसिखोला गाउँपालिका २ खाडुमा पिकअप जिप दुर्घटना हुँदा नेकपा एमाले ढोरपाटनका अध्यक्ष समेत रहेका ऋतुवर्ण पौडेलको मृत्यु भएको छ ।

निसिखोलाबाट बुर्तिबाङ बजारतर्फ आउँदै गरेको लु १ त ९४८० नम्बरको पिकअप जिप सडकबाट खोलामा खस्दा ढोरपाटन नगरपालिका–१ का ४६ वर्षीय पौडेलको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक जयराम पन्तले जानकारी दिनुभयो ।

दुर्घटनामा तिलोत्तमा नगरपालिकाका ३८ वर्षीय सुरेश थापा घाइते भएको र उपचारको लागि पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button