नेपाल तेक्वान्दो सङ्घ मधेस प्रदेशको प्रथम अधिवेशन सम्पन्न
बारा । नेपाल तेक्वान्दो सङ्घ मधेस प्रदेशको प्रथम अधिवेशनले पेमासिद्धी लामाको अध्यक्षतामा १६ सदस्यीय प्रदेश कमिटी चयन गरेको छ ।

निजगढमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा लक्ष्मण भण्डारी र सुरेश लामा चयन भएका छन् । यसैगरी महासचिवमा राजकुमार लामालाई चयन गरिएको छ । कमिटीको सचिव शमशेर थापा र कोषाध्यक्ष नारायण शर्मा चयन भएका छन् ।
कमिटीको सदस्यमा भाइकाजी श्रेष्ठ, धनबहादुर लामिछाने, मुक्ति यादव, रवीन्द्र यादव, मोहन सापकोटा, सुमन लामा, बिमश पाख्रिन लगायत रहेका छन् । हिमेश घिमिरे नेतृत्वको निर्वाचन मण्डलले सर्वसम्मत रुपमा प्रदेश कमिटी चयन गरेको हो ।
अधिवेशनको उद्घाटन निजगढ नगरपालिकाका मेयर सुरेश खनालले गरेका थिए ।







प्रतिक्रिया राख्नुहोस्