तपाईँ सुन्दै हुनुहुन्छः

मधेस प्रदेशमा १ हजार ६ सय कर्मचारीको दरबन्दी थप हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले करिब १ हजार ६ सय बढी कर्मचारीको दरबन्दी थप गर्ने भएको छ ।

गत माघ ६ गते मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाको संयोजकत्वमा मुख्यमन्त्री स्तरीय निर्णयबाट गठित प्रदेश सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण समितिले आज मुख्यमन्त्री लालबाबु राउतलाई प्रतिवेदन हस्तान्तरण गरेपछि उक्त सङ्ख्यामा दरबन्दी थप गर्ने भएको छ ।

प्रदेशमा हाल ३ हजार १ सय ५८ दरबन्दी कायम रहेकोमा त्यसलाई बढाएर बुझाइएको प्रतिवेदनले ४ हजार ७ सय ९३ पुर्‍याउनुपर्ने सुझाव सहितको प्रतिवेदन समितिका संयोजक दीपेन्द्र झाले हस्तान्तरण गर्नुभयो । उहाँले प्रतिवेदन तयारीमा प्रदेश सरकारको एक रुपैयाँ पनि खर्च नभएको समेत जानकारी दिनुभयो ।

समितिले प्रदेश निजामती नियमावली समेत तयार गरी सरकारलाई हस्तान्तरण गरेको छ । हस्तान्तरण गरिएको नयाँ साङ्गठनिक संरचना र निजामती नियमावली मन्त्रिपरिषद्बाट पारित भए लगत्तै प्रदेश लोक सेवाबाट नयाँ भर्ना तथा हाल कार्यरत कर्मचारीको बढुवाको बाटो खुला हुने समितिका सदस्य सचिव एवं मुख्यमन्त्री कार्यालयका उपसचिव रुपेश साहले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button