सुनसरीका २७१ जना सञ्चारकर्मीको दुर्घटना बिमा
सुनसरी । नेपाल प्रेस युनियन सुनसरी र अजोड इन्स्योरेन्सबीच दुर्घटना बिमा सम्झौता भएको छ ।
प्रेस युनियन सुनसरी अध्यक्ष पवन अधिकारी, अजोड इन्स्योरेन्सका सिइओ कुमारबहादुर खत्री र सहायक महाप्रबन्धक डोरीन्द्रराज दाहाल (दिनेश) ले दुर्घटना बिमामा सम्झौता गरेका हुन् ।

अघिल्लो वर्ष पनि सुनसरीसहित प्रदेश १ का १४ वटै जिल्लाका प्रेस युनियन अध्यक्षहरू गरी ३२८ जना सञ्चारकर्मीको दुर्घटना बिमा गरिएको थियो ।
यस वर्ष सुनसरीका २७१ जना सञ्चारकर्मीको दुर्घटना बिमा गरिएको प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले बताए । उनका अनुसार बिमामा लाग्ने कुल रकममध्ये आधा रकम युनियनले व्यहोर्ने गरी सम्झौता भएको हो ।
जसमध्ये १ लाख ३६ हजार रुपैयाँ रकम प्रेस युनियन सुनसरीले व्यहोर्ने र बाँकी रकम इन्स्योरेन्स कम्पनीले व्यहोर्ने गरी सम्झौता भएको उनले बताए ।
बीमित सञ्चारकर्मीको दुर्घटनामा मृत्यु भएमा ७ तथा घाइते भएमा अधिकतम १ लाखसम्म पाउने गरी सम्झौता भएको अधिकारीले जानकारी दिए ।
अजोड इन्स्योरेन्सका सिइओ कुमारबहादुर खत्रीले बिमा गर्नुले मानिसको जीवनमा सकारात्मक प्रभाव पर्ने बताए ।







प्रतिक्रिया राख्नुहोस्