तपाईँ सुन्दै हुनुहुन्छः

पाँचथरमा जिप दुर्घटना हुँदा ११ घाइते, ३ जनाको अवस्था गम्भीर

पाँचथर । पाँचथरमा जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।

मेची राजमार्गको फिदिम नगरपालिका–२ रमितेमा को१ज २८४६ नम्बरको जिप दुर्घटना भएको हो । दुर्घटनामा ११ जना घाइते भएका छन् । 

इटहरीबाट ताप्लेजुङ पाथीभरा दर्शन गर्न जाने दर्शनार्थी रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

जिपमा ११ जना सवार थिए । जिल्ला अस्पतालमा ६ जना र ५ जना  समर्पित अस्पताल पाँचथरमा घाइतेको उपचार भइरहेको छ । 

घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेकोले झापा रेफरको तयारी भइरहेको पाँचथर प्रहरीका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button