स्थानीय तह निर्वाचनको लागी पाँचथरमा आठ दल दर्ता
पाँचथर।आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागी पाँचथरमा आठ वटा राजनीतिक दल दर्ता भएका छन् ।
राष्ट्रिय मान्यता प्राप्त ६ दल बाहेक ८ दलले चुनाव चिन्हको लागी जिल्लामा दल दर्ता गराएका हुन् । निर्वाचन आयोगले आफ्नै चुनाव चिन्ह लिनका लागी चैत्र ४ देखी ६ गते सम्म आवेदन दिन समय दिएको थियो ।
आयोगका अनुसार मङ्गोल नेशनल अर्गनाइजेसन,राप्रपा नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, सङ्घीय लिम्बुवान मञ्च नेपाल, खम्बुवान राष्ट्रिय मोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी, जन समाजवादी पार्टी नेपाल र नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी लेलीनवादी रहेका छन् ।
जिल्लामा दर्ता भएका आठ दललाई तिनीहरूको विधानमा उल्लेख भए अनुसार चुनाव चिन्ह प्रदान गरिने जिल्ला निर्वाचन कार्यालय पाँचथरका प्रमुख कुमार प्रसाद भट्टराईले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्