गर–गहना लुटपाटमा संलग्न ४ जना पक्राउ
सुनसरी । मोरङको बेलवारी नगरपालिका–४ को बेतना सिमसार क्षेत्रमा गत ८ गते चाँदीको गर गहना लुटपाट भएको घटनामा संलग्न रहेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा दमक नगरपालिका–३ झापाका २५ वर्षीय सबिन विश्वकर्मा, बर्दिबास नगरपालिका–१ महोत्तरीका ३४ वर्षीय मनोज ठाकुर, रौतामाई गाउँपालिका–६ उदयपुरका २४ वर्षीय विशाल बि.क. र इटहरी–५ सुनसरीका २४ वर्षीय बादल बि.क. रहेका छन् ।
पक्राउ परेको समूहले चैत्र ८ गते बिहान पाथीभरा ज्वेलर्स एन्ड सप्लायर्स दमकका कर्मचारीले दमकबाट बर्दिबास लैजाँदै गरेको १३ केजी चाँदीका गर–गहना लुटपाट गरेको थियो ।
घटनामा संलग्न अर्का १ जना फरार रहेको र उनको खोजतलास भइरहेको तथा पक्राउ परेका व्यक्तिहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्