सर्लाहीमा पुलबाट बस खस्दा चार जनाको मृत्यु, २५ जनाभन्दा बढी घाइते

सर्लाही । पूर्व- पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीस्थित फुलजोर खोलाको पुलबाट बस खस्दा ४ जनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा धनुषा धाम नगरपालिका–२ का ५० वर्षीय नन्दुदास, सिन्धुली तिनपट्टा गा.पा–२ की ३० वर्षीया शर्मिला कार्की श्रेष्ठ, भारत वेतिया बेलसन्धि कोडार पिपरा पञ्चायतका अन्दाजी २४/२५ वर्षीय सुनिल यादव छन् । अन्दाजी ५५ वर्षीया महिलाको भने सनाखत हुन सकेको छैन ।
वीरगंजबाट जनकपुरतर्फ जाँदै गरेको ना४ख ८५५५ नम्बरको यात्रुवाहक बस आज बिहान सवा ११ बजे पुलबाट तल खसेको हो ।

बस अगाडीको चक्का पड्किएर अनियन्त्रित भई पुलबाट तल खसेको बताए पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्