तपाईँ सुन्दै हुनुहुन्छः

भोटेकोशीमा एमालेले सर्वसम्मत सिफारिस गर्‍यो  अध्यक्ष र उपाध्यक्ष उम्मेदवार

 सिन्धुपाल्चोक । नेकपा एमालेले भोटेकोशी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष उम्मेदवार सर्वसम्मत सिफारिस गरेको छ ।  स्थानीय तहका उम्मेदवार सिफारिसका लागि पार्टी केन्द्रीय कमिटीले तोकेको समयसीमा भन्दा २० दिनअघि नै भोटेकोशीमा अध्यक्ष र उपाध्यक्षको नाम सर्वसम्मत सिफारिस गरिएको हो  ।

 शनिबार भएको एमाले भोटेकोसी गाउँपालिका बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि गाउँपालिकाको अध्यक्षमा अमृत खड्का र उपाध्यक्षमा सुन्तलीमाया श्रेष्ठलाई उम्मेदवार बनाउने  सर्वसम्मत निर्णय गरेको हो । सिन्धुपाल्चोकका १२ स्थानीय तहमध्ये भोटेकोशी गाउँ पालिकामा एमालेले सबैभन्दा पहिला सर्वसम्मत उम्मेदवार छनोट गरेको हो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button