तपाईँ सुन्दै हुनुहुन्छः

मधेस प्रदेशका ४ जिल्ला कोरोना सङ्क्रमणमुक्त

जनकपुरधाम । मधेस प्रदेशका ४ जिल्ला कोरोना सङ्क्रमणमुक्त भएका छन् । एक जना पनि कोरोना संक्रमित नरहेका जिल्लाहरूमा सप्तरी, सर्लाही, रौतहट तथा बारा जिल्ला रहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

अहिले चार जिल्लाको संस्थागत तथा होम आइसोलेसनमा एक जना कोरोनाका सक्रिय संक्रमित नभएको मधेस प्रदेशका स्वास्थ्य निर्देशक विजय कुमार झाले जानकारी दिनुभएको छ ।

अहिले धनुषामा ३९ जना कोरोनाका सक्रिय संक्रमित होम आइसोलेसनमा रहेका छन् । महोत्तरी जिल्लामा ५ जना तथा पर्सा जिल्लामा ५७ जना र सिराहामा १ जना होम आइसोलेसनमा रहनु भएको निर्देशनालयले जानकारी दिएको छ ।

सबै जिल्लामा गरी कूल १ सय २ जना कोरोनाका सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button