तपाईँ सुन्दै हुनुहुन्छः

हातहतियार बुझाउन डडेलधुरा प्रशासनको आग्रह

डडेलधुरा । जिल्ला प्रशासन कार्यालय डडेलधुराले इजाजत लिई राखिएका हातहतियार बुझाउन आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले एक सूचना जारी गर्दै इजाजत लिई राखिएका हातहतियार बुझाउन आग्रह गर्नुभएको हो ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै इजाजत लिएका हातहतियार चैत मसान्तसम्म जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी चौकीमा बुझाउन आग्रह गरिएको बताइएको छ ।

स्थानीय तहको निर्वाचनलाई भरपर्दो, निष्पक्ष तथा विश्वसनीय वातावरणमा सम्पन्न गर्नका लागि इजाजत लिएर राखिएका हातहतियार बुझाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button