तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपतिद्वारा राजदूत डा.शर्मालाई पद तथा गोपनीयताको शपथ

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र भारतका लागि नेपालका आवासीय राजदूत डा.शङ्करप्रसाद शर्मालाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । 

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले राजदूत डा शर्मालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । समारोहमा परराष्ट्र मन्त्री डा.नारायण खड्का उपस्थित हुनुहुन्थ्यो । 

नेपाल सरकारको सिफारिसमा यही चैत ६ गते राष्ट्रपति भण्डारीले डा शर्मालाई गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गर्नुभएको थियो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button