तपाईँ सुन्दै हुनुहुन्छः

योगी आदित्य प्रदेश संसदीय दलको नेतामा निर्वाचित, शुक्रबार पुनः मुख्यमन्त्री बन्दै

लखनऊ। भारतको उत्तर प्रदेशको मुख्यमन्त्रीका रुपमा योगी आदित्यले भोली शुक्रबार फेरि जिम्मेवारी सम्हाल्नु हुने भएको छ ।

भारतीय जनता पार्टी (भाजपा)को प्रदेश संसदीय दलको नेतामा बिहीबार उहाँ निर्वाचित भएपछि उहाँ दोस्रो पटक मुख्यमन्त्री बन्ने सुनिश्चित भएको हो ।

लखनऊमा भाजपाका विधायन सदस्यहरूलाई सम्वोधन गर्दै उहाँले उत्तर प्रदेशमा पहिलो पटक मुख्यमन्त्रीले पाँच बर्षे कार्यकाल पुरा गरेको चर्चा गर्दै त्यस्तो ऐतिहासिक पात्र आफु हुन पाएकोमा गौरव व्यक्त गर्नुभयो । उहाँले पाँच बर्षे कार्यकाल सम्पन्न गरेर दोस्रो कार्यकालको जिम्मेवारी समेत पाउन लागेकाले थप खुशी बनाएको बताउनुभयो ।

“मैले र पार्टीले उत्तर प्रदेशमा पाँच बर्षे कार्यकाल सफलतापूर्वक पुरा गरी दोस्रो कार्यकालको पनि जिम्मेवारी पाउनुको मुख्य श्रेय हाम्रो नेतृत्व प्रधानमन्त्री मोदीलाई जान्छ,” उहाँले भन्नुभयो ।हालै भएको विधान सभा निर्वाचनमा भारतीय जनता पार्टीले कुल ४०३ सिट मध्ये २५५ सिटमा जित हासिल गरेको छ ।एएनआई

प्रतिक्रिया राख्नुहोस्

Back to top button