मधेशका मुद्दा उपेक्षित भएको लोसपा अध्यक्ष ठाकुरको भनाई

वीरगंज । लोकतान्त्रिक समाजवादी पार्टी केन्द्रिय कार्यालयको आयोजनामा आजदेखि वीरगंजमा प्रदेश स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम शुरु भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै लोसपाका अध्यक्ष महन्थ ठाकुरले मधेशका मुद्दा अहिलेसम्म सरकार पक्षबाट उपेक्षित हुँदै आएको आरोप लगाउनु भयो ।
अध्यक्ष ठाकुरले मधेश आन्दोलनको क्रममा केही अधिकारहरू पाएपनि मुख्य एजेण्डाको रुपमा रहेको नागरिकता, तथा झुट्टा मुद्दा फिर्ता लगायतका विषयमा अहिलेसम्म सरकार पक्ष मौन रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले विगतको सरकार तथा अहिलेको सरकार प्रमुखसँग भेट गरी आफ्नो पार्टीले उठाएको माग सम्बोधन गर्न आग्रह गर्दा सबैले तयार भएको बताए पनि माग पुरा नहुनु विडम्बनाको विषय भएको बताउनुभयो ।
लोकतान्त्रिक समाजवादी पार्टी पर्साका अध्यक्ष पुरुषोत्तमलाल झाको सभापतित्वमा शुरु भएको कार्यक्रममा पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो, शरतसिह भण्डारी, अनिल झा, सर्बेन्द्रलाल शुक्ला, विमल श्रीवास्तव, लक्ष्मणलाल कर्ण लगायतका नेताहरूले आ–आफ्नो मन्तव्य व्यक्त गर्नु भएको छ ।
कार्यक्रममा बारा, पर्सा, रौतहट, सर्लाहीका अगुवा कार्यकर्ताहरूको उपस्थिति रहेको छ ।







प्रतिक्रिया राख्नुहोस्